जनचाहनाअनुसार काम गर्न नसक्दा व्यवस्था माथि नै प्रश्न उठ्यो : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकको चाहनाअनुसार काम गर्न नसक्दा समग्र व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन् ।

नागरिकको चाहनाअनुसार काम गर्न नसक्नुको कारण संविधानको मर्मअनुसार रूपान्तरण हुन नसक्नु रहेको उनको भनाइ छ । संविधान दिवसका अवसरमा सोमबार धनगढीमा अयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले भने, ‘व्यवस्था परिवर्तन भए पनि हाम्रो काम गर्ने शैली पुरानै भयो, पुरानै तरिकाले काम गरेर जनताका चाहना पूरा हुने स्थिति देखिएन, काम गर्ने शैली परिवर्तन हुन जरुरी छ ।’

व्यवस्था परिवर्तन भए पनि त्यस अनुसार व्यक्ति र शासन गर्ने शैली परिवर्तन नभएको उनले भने  ‘हामी पुरानै तरिकाले काम गरिरहेका छौं ।  पुरानै शैलीमा काम गरेर जन आकांक्षा पुरा हुन सकेनन्, त्यसलै अहिले व्यवस्था माथि नै प्रश्न उठ्न थालेको छ, यस विषयमा सवै गम्भीर बन्नु जरुरी छ ।’

मुख्यमन्त्री भट्टले हजारौंको बलिदानी पछि आएको संविधान कार्यान्वयन गर्न र जनअपेक्षा अनुसार काम गर्न राष्ट्रिय एकता अपरिहार्य रहेको बताए ।  





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १०:४३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया