साबा च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने बास्केटबल टोलीको बिदाइ

सेप्टेम्बर २४ देखि ३० सम्म माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरिएको छ । १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई  सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमकाबीच बिदाइ गरे ।  

अमिशा घले र विनामणी योञ्जन पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । यस्तै, १३ औं सागमा थ्री बाइ थ्री टोलीमा रहेका गरिशा सिलवाल र मीना गुरुङ​ले पनि पहिलोपटक फुल कोर्ट खेलका लागि टोलीमा स्थान बनाएका छन् ।  

नेपाली टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । टोली २३ सेप्टेम्बरमा माल्दिभ्स प्रस्थान गर्नेछ ।

नेपाली टोली : सदिना श्रेष्ठ (कप्तान), एलिना गुरुङ, एलिसा मल्ल,अमिशा घले,अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मीना गुरुङ, मुना महर्जन, प्रतीक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का । 





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार १४:९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया