नेपाल टेलिभिजनले माग्यो समाचार प्रस्तोता, लिखित परीक्षा दिनु नपर्ने

नेपाल टेलिभिजनको समाचार च्यानलमा नेपाली र अङ्ग्रेजी समाचार प्रस्तोता एवं समाचार मूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरिएको छ। सूचनाअनुसार नेपाली समाचार प्रस्तोता सात र अङ्ग्रेजी समाचार प्रस्तोता तीन गरी १० जना समाचार प्रस्तोता माग गरिएको छ ।

उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । समाचार प्रस्तुतिमा दक्षता र सम्बन्धित भाषामा राम्रो ज्ञान भएका उम्मेदवारलाई प्राथमिकता दिइने नेपाल टेलिभिजनले सूचनामार्फत उल्लेख गरेको छ ।

१० असोजभित्र आवश्यक कागजातसहित दरखास्त फारम भरी बुझाउन सकिने छ । यस पटक दरखास्त दिने उम्मेदवारले लिखित परीक्षा दिनु पर्दैन । अन्तर्वार्ता बाटै पत्रकार छानिने भएको छ ।





  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार ११:२८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया