पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमालेको पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूको उपस्थिति थियो । 

यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताएका थिए।  पर्सा, बारा तथा काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउन तयारी भइरहेको बताइन्छ ।

 





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १३:१७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया