इन्डोनेसियामा फेरि भूकम्पको धक्का महशुस भएको छ । इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा शुक्रबार ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्पका कारण हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ । इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा यो भूकम्प गएको हो ।
भूकम्पका बारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रले ट्विट गर्दै भूकम्पको म्याग्निच्युड ४.७ मापन गरिएको जनाएको छ । यो इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा आज नेपाली समय अनुसार बिहान १ः२१ बजेको आसपासमा धक्का महशुस भएको हो । यसअघि अगस्ट २३ मा इन्डोनेसियामा भूकम्पको धक्का महसुस गरिएको थियो । त्यसपछि देशको पश्चिमी प्रान्त बेङ्कुलुमा ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यसै क्रममा बिहीबार बिहान पश्चिमी मेक्सिकोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । मेक्सिको सिटीमा भूकम्पका कारण एक महिलाको मृत्यु भएको छ । यो साता मेक्सिकोमा दोस्रो भूकम्प हो । बिहीबार बिहान गएको भूकम्पका पराकम्पनका कारण धेरै घरमा क्षति पुगेको छ ।
यस विषयमा थप विवरण दिँदै मेक्सिको सिटी सरकारले राजधानीको दक्षिणमा एक व्यक्तिलाई भूकम्पपछि घातक हृदयाघात भएको बताएको छ । साथै, सरकारी अधिकारीहरूले भने, ‘देशभरि अन्यत्र गम्भीर क्षतिको तत्काल कुनै रिपोर्ट छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।