गठबन्धनलाई सिट बाँडफाँटमा सकस, आज पनि बैठक बस्दै

आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने जनाएको हो । 

शनिबार बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँट बारे छलफल भएको थियो । अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेश सभाबारे छलफल थाल्ने सहमति भएको बताइएको छ ।

गठबन्धनलाई सिट बाँडफाँटमा सकस 
प्रायः दिनहुँ छलफल गरे पनि सिट बाँडफाँटका बारेमा सत्ता गठबन्धनका नेताहरू निर्णयमा भने पुग्न सकेका छैनन् । गठबन्धनमा रहेका ५ दलका नेताहरूका आआफ्नै अडानका कारण सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन । 

प्रदेश र प्रतिनिधि सभाको चुनावको लागि सिट बाँडफाँट गर्न भन्दै दलका शीर्ष नेताहरू छलफलमा बसे पनि निष्कर्षमा पुग्न भने सकेका छैनन् । तर छलफल सकारात्मक भएको नेताहरूको दाबी छ । 





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ९:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया