इरानमा झन् उग्र बन्दै प्रदर्शन, सयौं आन्दोलनकारी पक्राउ

एउटी युवतीको हिरासतमा मृत्यु भएपछि इरानी प्रहरीले एक साताभन्दा लामो प्रदर्शनका क्रममा मात्र एउटा प्रान्तमा ७ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको तस्निम समाचार एजेन्सीले शनिबार जनाएको छ । गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मलेकीले ६० जना महिलासहित ७३९ प्रदर्शनकारीलाई गिरफ्तार गरिएको बताएका  छन् ।

२२ वर्षीया कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएका थियो । प्रदर्शनका क्रममा ५० भन्दा बढी मृत्यु भएको मानवअधिकारवादी समूहले जनाएको छ । अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ ।

यद्यपि, यो संख्या ३५ रहेको सरकारले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । प्रदर्शनकारीले  सर्वोच्च नेता आयतोल्लाह अली खमेनीको तस्बिर जलाएर उनको राजीनामा माग गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा  प्रदर्शनकारीले राजधानी तेहरानका विभिन्न स्थानमा साँझ परेपछि जम्मा भएर हिजाबविरोध प्रदर्शन गरेका देख्न सकिन्छ । 
 





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ९:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया