सोमपालले लिए युएईको ११ रनमा दुई विकेट

काठमाडौ‌– टीट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत युएईविरुद्धको दोस्रो खेलमा बलिङ गरिरहेको छ। टस जितेर पहिला ब्याटिङ रोजेको युएईले २ ओभर ३ बलमा २ विकेट गुमाएर ११ रन जोडेको छ। दुवै विकेट सोमपाल कामीले लिए ।

सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा असफाक अहमदलाई आउट गरे भने तेस्रो ओभरको तेस्रो बलमा उनले विकेटकिपर घुलाम सब्बरलाई आउट गरे ।

यसअघि पहिलो खेलमा नेपाल बिहीबार २१ रनले पराजित भएको थियो । एक सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा एक सय ३२ रन मात्र जोड्न सकेको थियो । नेपालले तीन खेलको एकदिवशीय शृंखला २–१ ले जितेको थियो ।

पहिलो खेल हारेको नेपाल त्यसपछि लगातार दुई खेलमा विजयी भएको थियो ।





  • प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार १५:१९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया