काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा सोमबार शुभ साइतमा जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको सोमबार बिहान १०:२३ बजेको शुभ साइतमा हनुमानढोकास्थित दसैंघरमा जमरा राखिएको हो ।
सोमबारबाट नवरात्री सुरु भएको छ । जसअनुसार पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ । हनुमान ढोकाको दसैंघरमा जमरा राख्दा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाएका थिए । हनुमान ढोकामा हर्षबढाइँका साथ जमरा राख्ने चलन छ ।
गाईको गोबरले लिपेर तयार गरिएको पूजा कोठामा नदी तथा चोखो स्थानबाट ल्याएको बालुवामा विधिपूर्वक जौसहितका अन्न छरेर जमरा राख्न चलन छ । घटस्थापनाका दिन छरिएको जौको अङ्कुरणलाई दशैंको टीकाको दिन देवीको प्रसादको रूपमा जमरा ग्रहण गर्ने धार्मिक चलन रहिआएको छ ।
साथै जमरा घरमा दुर्गा देवीका तीन वटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । यस वर्षको दसैंको टीकाको उत्तम साइत १९ कात्तिक बुधबार बिहान ११:५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
हनुमान ढोकाको दसैंघरमा यसरी राखियो जमरा, हेर्नुस् तस्बिर :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।