मैत्रीपूर्ण खेलमा बंगलादेशसँग भिड्दै नेपाल, यस्तो छ दुवै टोलीबीचको विगत

नेपालले आज घरेलु मैदानमा हुन लागेको मैत्रीपूर्ण खेलमा बंगलादेशको सामना गर्दैछ । दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

नेपाल घरेलु मैदानको फाइदा उठाउँदै जित हात पार्ने लक्ष्यमा छ । तर, पछिल्लो समय उत्कृष्ट लयमा देखिएको टोलीविरुद्ध खेल्न नेपाललाई सहज भने हुने छैन । बंगलादेश पनि घरेलु टोलीलाई हराउने दाउमा छ । 

इतिहासलाई हेर्ने हो भने पनि नेपालविरुद्ध बंगलादेश हाबी देखिन्छ । यी टिमले हालसम्म २३ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा बंगलादेशले १३ र नेपालले सात खेलमा जित हात पारेका छन् । तीन खेल भने बराबरीमा सकिएका छन् ।

नेपाल र बंगलादेशले पहिलोपटक १९८३ मा एकअर्काको सामना गरेका थिए । मर्डेका फुटबल प्रतियोगिताअन्तर्गत भएको उक्त खेलमा बंगलादेश १–० ले विजयी भएको थियो । साफ च्याम्पियनसिपअन्तर्गत गत वर्ष भएको पछिल्लो भेट १–१ को बराबरीमा सकिएको थियो ।

नेपालले बंगलादेशविरुद्ध पहिलोपटक १९८४ मा साउथ एसियन फेडेरेसन गेम्सअन्तर्गत स्वर्ण पदकका लागि भएको खेलमा ४–२ तथा पछिल्लोपटक २०२१ थ्री नेसन्स कपको फाइनलमा २–१ को जित निकालेको थियो । नेपालले बंगलादेशविरुद्ध हालसम्म ३५ गोल बेहोर्दा १९ गोल गरेको छ । 

नेपाली टोली 



गोलकिपर : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु ।

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल ।



मिडफिल्डर : सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, एरिक विष्ट ।

फरवार्ड : विमल घर्तीमगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी र आशिष चौधरी ।

  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार ७:८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया