घटस्थापनासँगै गाउँमा लिङ्गेपिङको रौनक

तेह्रथुमको छथर गाउँपालिका–५ शुक्रबारे नजिकै गत वर्षझैँ यस वर्ष पनि लिङ्गेपिङ हालिएको छ । गाउँका युवाहरू मिलेर पिङ हालेका हुन् । दसैंको घटस्थापनासँगै तेह्रथुमको गाउँगाउँमा लिङ्गेपिङ बनाउन थालिएको छ ।  

युवाहरू जंगलबाट बाबियो काटेर ल्याएर पिङ हाल्ने गरेका छन् । दसैँमा एक पटक भुइँ छोड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । पिङ हालेपछि मात्र दसैंको आगमनको झझल्को दिने  छथर गाउँपालिका–५ का दुर्गा बुढाथोकीले बताए ।

उनी भन्छन्, ‘हामी बच्चा हुँदा दसैँ-तिहार आएको जुन अनुभूति हुन्थ्यो, त्यो पछिल्लो समय हुन छाडेको छ  ि हामीले जस्तै हाम्रा बच्चाहरुले पनि दशै आएको अनुभूति गरून् भनेर गाउँमा पिङ हाल्ने गरेका छौँ र दसैँ-तिहारको महत्त्व बुझाउने प्रयास गरेका छौँ ।’ 

युवापुस्तामा गाउँमा हालिने  लिङ्गेपिङको महत्व नै भुल्दै गएका छन् ।  ७० वर्षका माया लिम्बू भन्छिन्, ‘ लिङ्गेपिङ हाल्न १५ दिन अघि नै हामी घण्टौँ लामो बाटो हिँडेर बाबियो काट्न जान्थ्यौ । काटेर ल्याएको बाबियो सुकाएर पिङ लगाउने लठ्ठा बाट्थ्यौँ । अनि बाँसको लिंगो गाडेर, पिङ बनाएर गाउँका सबै मिलेर रमाइलो गर्थ्यौँ, अहिले त पहिलेको जस्तै महत्व छैन ।’

 





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार १४:१२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया