अमेरिकी रियालिटी सो ‘द भ्वाइस’मा नेपाली किशोरी प्रजिताको दमदार प्रस्तुति

१७ वर्षिया नेपाली किशोरी प्रजिता बास्तोलाले गायन रियालिटी सो द भ्वाइसको अमेरिकी संस्करणमा दमदार प्रस्तुति दिएकी छन् । नेपाली समयानुसार आज बिहान भएको सोमा उनले पहिलो गायकी प्रस्तुति गर्दै चारै जना जजको मन जितेकी थिइन् । 

चर्चित अङ्ग्रेजी गीत ‘जेलस’ गाउँदै उनले चारै जना जजलाई मन्त्रमुग्ध मात्र पारिनन्, उनीहरूलाई आफूतिर आकर्षित पारिन् । चारै जना निर्णायकले उनको गायकीको प्रशंसा गरे । साथै, सहकार्य गर्न पाएकोमा सम्मानित महसुस भएको पनि बताए ।

प्रजिताले चारै जना जजलाई नेपालबाट लगेको रुद्राक्षको माला लगाइदिएकी थिइन् । आफू द भ्वाइसमा भाग लिने पहिलो नेपाली प्रतिस्पर्धीको रूपमा चिनाएकी उनले आफूले नेपाली सङ्गीत सुन्ने तर मन पर्ने जनरा चाहिँ आरएण्डबी भएको बताइन् । 





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १०:१६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया