संवैधानिक परिषद्ले कुनै त्रुटि नगरेको अध्यक्ष तिमिल्सिनाको दाबी

पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा परिषद्ले कुनै त्रुटि नगरेको बताएका छन् । जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको स्थानीय तहको समीक्षा गोष्ठीमा अध्यक्ष तिमिल्सिनाले संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्दा सबै प्रक्रिया पूरा भएका कारण कुनै त्रुटि नभएको स्पष्ट पारेका हुन् । 

संवैधानिक परिषद्को बैठकमा सहमतिका प्रयास लामो समय गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजनीतिक रुपमा धेरै सहमतिको प्रयासपछि संवैधानिक निकायको रिक्त पदाधिकारी नियुक्त भएको भनाइ अध्यक्ष तिमिल्सिनाको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा सरकारले प्राकृतिक तथा वित्त आयोगको प्रमुखमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा विजयकुमार दत्त, थारू आयोगमा विष्णुराम चौधरी र मुस्लिम आयोगमा समीम अन्सारीलाई नियुक्त गरेको थियो । 

उक्त नियुक्तिप्रति नेपाली कांग्रेसले असहमति राख्दै आएको छ । 





  • प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार २०:१३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया