रुसमा एकैदिन थप ४० हजारमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ४० हजार १७ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।
सरकारी अधिकारीहरुका अनुसार तीमध्ये सबैभन्दा धेरै मस्कोमा देखिएका छन् । मस्कोमा मात्रै पछिल्लो एक दिनमा चार हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर अहिलेसम्म संक्रमित भएकाहरुको कुल संख्या दुई करोड ९० लाख नौ हजार ७३१ पुगेको छ । पछिल्लो एक दिनमा १११ जनाको मृत्यु भएको छ ।
रोग नियन्त्रण तथा व्यवस्थापन निकायले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या भने तीन लाख ८७ हजार ५४ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।