मलेसियाका लागि नवनियुक्त राजदूत पौडेलले गरे ओहोदाको प्रमाणपत्र पेस

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन् ।

मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त पौडेललाई बधाई दिनुका साथै मलेसियामा स्वागत गरे । राजदूत पौडेल र शिष्टाचार महापाल अतनले नेपाल र मलेसियाबीचमा रहिआएको ऐतिहासिक सम्बन्धका बहुआयामिक पक्षमा छलफल समेत गरे ।

भेटमा दुई पक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै अघि बढ्नेबारे छलफल भएको थियो ।





  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार ९:०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया