टी-२० विश्वकप जित्ने टोलीले १६ लाख अमेरिकी डलर पाउने

१६ अक्टोबर देखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पुरस्कार राशि घोषणा गरेको छ ।

आइसिसीका अनुसार विजेताले १६ लाख अमेरिकी डलर पाउने भएको छ । त्यसैगरी उपविजेता टोलीले ८ लाख अमेरिकी डलर पाउनेछ ।

सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ४ लाख डलर पाउनेछन् । सुपर १२ बाट बाहिरिनेले ७० हजार पाउनेछन् ।

त्यसैगरी, सुपर १२ तथा पहिलो चरणमा प्रत्येक एक खेल जित्नेलाई ४० हजार डलर प्रदान गरिने आइसिसी जनाएको छ । पहिलो चरणबाटै बाहिरिने टोलीले ४० हजार डलर पाउनेछन् ।





  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार १४:४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया