मोरङमा उपचारका लागि अस्पताल ल्याइएका दुई कैदी फरार
सांकेतिक तस्बिर

मोरङमा उपचारको क्रममा रहेका दुई कैदी फरार भएका छन् । शनिबार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार झापा जिल्ला कारागारका उनीहरूमा क्षयरोग देखिएपछि विराटनगर ल्याइएको थियो।

क्षयरोग लागेपछि हेमरम गत असार १३ गते र गुरुङलाई भदौ ७ गते झापाबाट विराटनगर अस्पताल लगिएको थियो । दुवैको खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार २०:२२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया