कक्षा १२ को पूरक परीक्षा असोज ३० र ३१ गते हुने [परीक्षा केन्द्रसहित]
फाइल तस्बिर

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज पूरक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गर्दै ३० र ३१ गते परीक्षा सञ्चालन हुने जानकारी गराएको हो । 

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थी नै उक्त पूरक परीक्षामा समावेश हुनेछन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका थिए । 

तीमध्ये एक लाख ३० हजार ८७८ जनाले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउनेछन् । परीक्षामा नियमित तर्फ ३ लाख ६३ हजार १ जना, ग्रेड वृद्धितर्फ ३० हजार ४५ जना र आंशिक तर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।

हेर्नुहोस् पूरक परीक्षाको लागि तोकिएका परीक्षा केन्द्रहरु  





  • प्रकाशित मिति : असोज १७, २०७९ साेमबार १८:१२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया