च्याम्पियन्स लिगमा बायर्नको फराकिलो जित

युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा बायर्न म्युनिखले जित हात पारेको छ । उसले समूह ‘सी’ अन्तर्गतको खेलमा चेक क्लब भिक्टोरिया प्लाजेनविरुद्ध ५–० को शानदार जित हात पारेको हो ।

घरेलु मैदान एलियन्ज एरिनामा बायर्नलाई जित दिलाउन लिरोय सानेले दुई तथा सर्ज गिनाब्री, सदियो माने र एरिक चौपो मोन्टिङले एक/एक गोल गरे ।

खेलको सातौं मिनेटमा सानेको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । १३ औं मिनेटमा गिनाब्रीले टोलीको अग्रता दोब्बर बनाए । 

२१ औं मिनेटमा मानेले गोल गरेपछि बायर्नले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लियो । ५० औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

५९ औं मिनेटमा मोन्टिङले गनेल गरेपछि बायर्नले ५–० को शानदार जित निकाल्यो । जितसँगै ३ खेलमा ९ अंक जोडेको बायर्न शीर्ष स्थानमा रहँदा पराजित प्लाजेन समान खेलबाट विना अंक पुछारमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा मार्सेली र पोर्टोले पनि जित हात पारेका छन् ।  





  • प्रकाशित मिति : असोज १९, २०७९ बुधबार ७:२६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया