\
एएफसी यू–१७ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक भियतनामको सामना गर्दैछ । नेपाल र भियतनामबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ । खेल फु थोस्थित भियत त्रि स्टेडियममा हुनेछ ।
प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ ।
पहिलो खेलमा उसले चाइनिज ताइपेलाई ४–० ले हराएको थियो । समूह ‘एफ’ मा रहेको नेपाल अंकविहीन तेस्रो स्थानमा रहेको छ । भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।