त्रिदेशीय टी–२० सिरिजमा न्युजिल्याण्डको पहिलो जित

त्रिदेशीय टी–२० सिरिजमा घरेलु टोली न्युजिल्याण्डले पहिलो जित निकालेको छ । उसले आज बंगलादेशलाई ८ विकेटले हराउँदै पहिलो जित निकालेको हो । 

१३८ रनको लक्ष्य न्युजिल्याण्डले १७.५ ओभरममा २ विकेट गुमाउँदै भेट्टायो । उसका लागि डेभोन कोन्वेले अविजित ७० रनको पारी खेले । ५१ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरे ।

कप्तान केन विलियमसनले ३०, ग्लेन फिलिप्सले अविजित २३ र फिन एलनले १६ रन बनाए । बंगलादेशका लागि सोरिफुल स्लाम र हसन मोहमले १–१ विकेट लिए 

त्यसअघि क्राइस्टचर्चास्थित हेग्ली ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । उसका लागि नजमुल हुसेनले सर्वाधिक ३३ रनको योगदान दिए  ।

नुरुल हसनले अविजित २५, आफिफ हुसेनले २४, कप्तान सकिब हल हसनले १६ र लिटोन दासले १४ रन जोडे । न्यूजिल्याण्डका लागि ट्रेन्ड बोल्ट, टिम साउदी, इश सोधी र माइकल ब्रेसवेलले २–२  विकेट लिए ।

जितसँगै न्युजिल्याण्डले २ खेलमा २ अंक जोड्दा दुवै खेलमा पारजय बेहोरेको बंगलादेश अंक विहिन छ । अघिल्लो खेलमा दुवै टोली पाकिस्तानसँग पराजित  भएका थिए । 





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार १५:२१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया