लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिकाे खेलमा आर्सनलले जित हात पारेकाे छ । उसले घरेलु मैदान इमिरेट्स स्टेडियममा लिभरपुलविरुद्व ३-२ काे राेमाञ्चक जित हात पारेकाे हाे ।

आर्सनललाई जित दिलाउन बुकायो साकाले २ तथा गाब्रियल मार्टिनेलीले १ गोल गरे । लिभरपुलका डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले १/ १ गाेल फर्काए ।

खेलको पहिलो मिनेटमै मार्टिनेलीले आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा नुनेजले लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको थप गरिएकाे समयमा साकाले गोल गर्दै आर्सनललाई २-१ ले अघि बढाए । ५३ औं मिनेटमा लिभरपुलका फिर्मिन्होले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

७६ औं मिनेटमा साकाले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-२ को राेमाञ्चक जित दिलाए । याे जितसँगै ९ खेलमा २४ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिँदा पराजित लिभरपुल ८ खेलबाट १० अंकका साथ १० औं स्थानमा छ । 





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार ७:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया