डिबालाले विश्वकप गुमाउने सम्भावना

इटालियन क्लब रोमाका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले कतारमा हुने फिफा विश्वकप गुमाउने सम्भावना बढेको छ । इटालियन सिरी ‘ए’ अन्तर्गत गएराति लिसविरुद्धको खेलमा घाइते भएपछि डिबालाले विश्वकप गुमाउने सम्भावना बढेको हो ।

रोमाले लिसविरुद्ध २–१ को जित निकाल्दा डिबाला गम्भीर घाइते भएका  हुन् । उनले ४८ औं मिनेटमा पेनाल्टीमार्फत गोल समेत गरेका थिए ।

तर, मांसपेशीमा समस्या देखिएपछि ५० औं मिनेटमा उनी मैदान छाड्न बाध्य बने ।रोमाका मुख्य प्रशिक्षक जोसे मौरिन्होले उनी विश्वकपअघि मैदान फर्कने सम्भावना कम रहेको बताएका छन्।

‘म भन्छु डिबालालाई नराम्रो छ । दुर्भाग्यवश यो खबर यती खराब छ की उनी विश्वकपअघि मैदान फर्कने सम्भावन न्युन छ’, मौरिन्होले भने ।   

यो विश्वकप आगामी २० नोभेम्बर देखि १८ डिसेम्बरसम्म आयोजना हुँदैछ । अर्जेन्टिना कतार विश्वकपकमा साउदी अरविया, मेक्सिको र पोल्याण्डसँगै समूह ‘सी’मा छ । उसले २२ नोभेम्बरमा साउदी अरेवियासँगको खेलमार्फत विश्वकपको सुरुवात गर्नेछ । 





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार ११:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया