ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले नेपालका जल स्रोतलाई जलविद्युतमा विकास गरी हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी छन् ।
सोमबार काठमाडौंमा भएको ग्रिन हाइड्रो सम्मेलनमा बोल्दै मन्त्री भुसालले जलविद्युतको स्रोतको रूपमा विद्युत् प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाउने, जलविद्युतलाई हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताइन् । उनले जलविद्युतलाई हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने विषयमा मन्त्रालयले आवश्यक तयारी गरेको पनि बताइन् ।
मन्त्री भुसालले जलविद्युतको प्रयोगबाट हाइड्रोजनबाट रासायनिक मलको उत्पादनका विषयमा पूर्व सम्भाव्यता अध्ययन गरिसकेको बताइन् । उनले हाइड्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बढाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत् प्राधिकरण र कोरियाको ग्लोबल ग्रिन इन्स्टिच्यूटबीच समझदारी भएको जानकारी दिइन् । मन्त्री भुसालले सन् २०३० भित्रै दिगो विकास र सन् २०२६ मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक रहेको दाबी गरिन् ।
‘नेपालले जलविद्युतको विकास गरी हामीले जलविद्युतको स्रोतको रूपमा विद्युत् प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाउने, जलविद्युतलाई हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको छ । यसका लागि ऊर्जा मन्त्रालयले आवश्यक तयारी समेत गरेको छ, कार्यक्रममा बोल्दै उनले भनिन्, ‘मन्त्रालयले कार्यदल गठन गरेर जलविद्युतको प्रयोगबाट हाइड्रोजनबाट रासायनिक मलको उत्पादनको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ । हाइड्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बढाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत् प्राधिकरण र कोरियाको ग्लोबल ग्रिन इन्स्टिच्यूटबीच समझदारी भएको छ ।’
उनले विश्वले अहिले हाइड्रोजन ऊर्जाको विषयमा चासो र प्राथमिकतासहित नीति निर्माण र प्रविधिको विकास गर्ने, खपतको क्षेत्र निर्धारण गरी अध्ययन अनुसन्धानहरू गरिरहेकाले नेपाल सरकारले पनि हाइड्रोजन ऊर्जाको विषयमा छिटै आवश्यक नीति निर्माण गर्नु आवश्यक रहेको बताइन् ।
मन्त्री भुसालले विश्वमा हाइड्रोजन ऊर्जा उत्पादनको लागि नेपालले अग्रणी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।