नेप्सेमा २७.१६ अंककोे गिरावट

आइतबार ४४ अंकले बढेको नेप्से परिसूचक सोमबार २७ अंकले गिरावट आएको छ ।

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक २७.१६ अंकले घटेर घटेर १८७१.२२ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.५६ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंकले घटेको छ ।

सोमबार कारोबार​मा आएका २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूहमा म्युचुअल फण्डबाहेक १२ वटा उपसमूहको सूचक घटेको छ । जसमा हाइड्रोपावर, फाइनान्स र विकास बैंक उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरै घटेको छ ।

नेप्से परिसूचकमा गिरावट भएपनि सोमबार अभियान लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, उन्नति सहकार्य लघुवित्तको २.६८ प्रतिशत र ओरियन्टल होटलको २.०४ प्रतिशतले बढेको छ । 

यता, सिभिल लघुवित्तको सेयरमूल्य ६.३३ प्रतिशतले घटेको छ भने कर्णाली डेभलपमेण्ट बैंकको ५.६० प्रतिशतले घटेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १७:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया