काठमाडौं १ बाट उम्मेदवारी दिएका प्रकाशमान, रवीन्द्र मिश्र र किरण पौडेलको उम्मेदवारी खारेज हुन सक्ने

काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह, राप्रपाका रवीन्द्र मिश्र र एमालेका किरण पौडेलको उम्मेदवारी खारेज हुन सक्ने देखिएको छ ।  

सोही क्षेत्रबाट उम्मेदवार रहेका नेपालका लागि नेपाली पार्टीका बालकृष्ण न्यौपानेले उनीहरुको मनोनयन रीतपूर्वक नभएको दाबी गर्दै खारेजीको माग गरेका हुन् ।

आइतबार उम्मेदवारी दर्ता गर्ने क्रममा उनीहरु तीनैजनाले निर्वाचन आयोगले तोकेबमोजिमको कानुनी प्रक्रिया पूरा नगरेको न्यौपानेको दाबी छ । अनुसूची ७ बमोजिम दर्ता फाराम भरेर उम्मेदवारी पेस गर्नुपर्नेमा तीनैजनाले आफ्नो दलको लेटर प्याडमा लेखिएको विवरणको आधारमा मनोनयन दाखिला गरेकाले खारेज गर्नुपर्ने उनको माग छ ।

त्यसैगरी सोही निर्वाचन क्षेत्रको प्रदेश ‘ख’ मा उम्मेदवार रहेका कांग्रेसका सुरजचन्द्र लामिछाने र एमालेका गणेशप्रसाद दुलालले पनि अनुसूचीबमोजिमको फाराम नभरेको उजुरी परेको छ । 

उनीहरुको विरुद्धमा पनि नेपालका लागि नेपाली पार्टीका प्रदेश सभा सदस्यमा उम्मेदवार रहेका नमराज कार्कीले लिखित उजुरी हालेका हुन् ।





  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार २०:१०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया