नेपाल–युएई टी–२० सिरिज
युएईलाई नेपालले दियो १ सय ५ रनको लक्ष्य

काठमाडौं– वर्षाका कारण दुई घन्टा ढिलो भएको युएईसँगको टी–२० सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई १ सय ५ रनको लक्ष्य दिएको छ । वर्षाले समयमा सुरु हुन नसकेपछि खेल १० ओभरमा झरिएको थियो । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रन जोडे । १४ बलको सामना गरेका खड्काले ४ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, सन्दीप जोराले २८ तथा विनोद भण्डारीले २१ रन जोडे । जोराले ११ बलमा ३ छक्का हाने भने भण्डारीले १३ बलमा १ छक्का र २ चौका हिर्काए । ज्ञानेन्द्र मल्लले २ चौकासहित ११ तथा करण केसीले १ छक्कासहित १० रन जोडे । 

नेपालको आठ विकेट झर्ने क्रममा कप्तान मोहम्मद नाभेद तथा सुल्तान अमेदले समान २ विकेट लिए । यस्तै, अमिर हायत, जाहिर खान, तथा मोहम्मद बोताले समान १ विकेट लिए । 

यसअघिका दुई खेलमा पहिलो खेल युएई र दोस्रो खेल नेपालले जितेका थिए । आजको खेल जित्ने टोलीले ३ खेलको शृंखला कब्जा गर्नेछ । 
 





  • प्रकाशित मिति : माघ २०, २०७५ आइतबार १८:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया