नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको पक्षमा विवेकशील साझाका पार्टीका निवर्तमान प्रवक्ता हरिश भट्ट देखिएका छन् । काठमाडौं ५ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार दिएका पौडेलका लागि भट्टले सामाजिक सन्जालबाटै मत मागेका छन् ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भन्दा पौडेललाई मत दिएर जिताउनु पर्ने उनले तर्क गरेका छन् ।
उनले पोखरेल भ्रष्टाचार र लुटतन्त्रको प्रतीकका रुपमा रहेको पनि बताएका छन् ।
उनले लुटतन्त्रका प्रतीक पोखरेलाई हराउन कांग्रेस उम्मेदवार पौडेललाई सबै लोकतन्त्र पक्षधर उम्मेदवारले सघाउन जरुरी रहेको पनि उल्लेख गरेका छन्।
‘लोकतन्त्र भर्सेज लुटतन्त्र । ईश्वर पोखरेल पछिल्लो ५ वर्षमा भ्रष्टाचार र लुटतन्त्रको प्रतीक हो। ७४ सालको चुनावमा उज्वल दाइ उठ्दा मैले क्षेत्र नं। ५ मा चुनावी अभियान गर्दा पोखरेलका कुकृत्य नजिकबाट देखेको थिएँ। पछि कम्युनिस्ट सरकारमा सबैले देखे,’ भट्टले लेखेका छन्, ‘यसपटक लुटतन्त्रका प्रतीक पोखरेलाई हराउने हो भने प्रदीप पौडेललाई सबै लोकतन्त्र पक्षधर उम्मेदवारले सघाउन जरुरी छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।