आङ सान सुकीलाई २६ वर्षको जेल सजाय

म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई २६ वर्षको जेल सजाय सुनाएको छ । भ्रष्टाचारको मुद्दामा जेल जीवन भोगिरहेकी सुकीमाथि थप दुईवटा मुद्दा लगाइएको छ । 

गत वर्ष फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर ७७ वर्षकी सुकीलाई पक्राउ गरेको थियो । बुधबार उनलाई २६ वर्षको जेल सजाय तोकिएको हो । यद्यपि, सुकीले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेकी छिन् । 

सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुकीविरुद्ध सेनाले लगाएका धेरै आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन् । उनलाई भ्रष्टाचारविरोधी ऐनअन्तर्गत मात्रै १२ वटा मुद्दा लगाइएको छ । ती सबैमा १५ वर्षसम्मको दरमा जेल सजाय र जरिबाना हुन सक्छ ।

नेत्री सुकीमाथि लागुऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट पाँच लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लागेको थियो ।  

सुकीलाई सार्वजनिकरूपमा बोल्न प्रतिबन्ध लगाइएको छ भने उनका वकिलहरूलाई पनि मुद्दारे सार्वजनिक रूपमा बोल्ने अनुमति छैन ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १८:२६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया