नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव : ‘ऐना झ्यालको पुतली’सँगै तीन नेपाली चलचित्र

नेपाल–युरोपेली युनियन चलचित्र महोत्सवको ११औँ संस्करण ११ देखि १५ कात्तिकसम्म हुने भएको छ । नेपालका लागि युरोपेली युनियनको डेलिगेसन कार्यालयले पत्रकार सम्मेलन गर्दै यो संस्करण काठमाडौंसँगै काठमाडौँबाहिर पनि आयोजना हुने जनाएको छ । 

महोत्सवमा  १३  युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन हुनेछन् । प्रत्यक्ष र अनलाइनमार्फत चल्ने महोत्सव भौतिक रुपमा चलचित्र विकास बोर्डमा हुनेछ भने २८ अक्टोबरदेखि २८ नोभेम्बरसम्म अनलाइनमा चल्नेछ । 

सुर्खेतमा हुने महोत्सव १९ देखि २२ कार्तिकसम्म मध्यपश्चिम विश्वविद्यालयमा गरिनेछ । सुर्खेतमा पाँच युरोपियन र तीन नेपाली चलचित्र प्रदर्शन गरिनेछन् । 

‘दुई वर्षको अन्तरालपछि सिनेमा हलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै तीन नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा धेरै उत्साहित छौँ,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी  कार्यवाहक प्रमुख जोयेले हिभोनेटले भनिन्, ‘सिनेमा सांस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरूलाई हामी कसरी हेर्छौं भन्ने हाम्रो बुझाइलाई समृद्ध बनाउन सिनेमा प्रभावकारी माध्यम हो ।’

१३ युरोपियन चलचित्रमध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कार ले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’मा नेपाली सब्टाईटल हुनेछन् । 

महोत्सवमा ‘ऐना झ्यालको पुतली’सहित किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गर्ल्स’ देखाइनेछ । 



महोत्सवको सद्भावना दूत नायिका केकी अधिकारी हुन् । 



  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार १७:३५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया