नवौं राष्ट्रिय खेलकुदः एपिएफ अपराजित रहँदै सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार चौथो जित हात पारेको छ । उसले आज सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै लगातार चौथो जित हात पारेको हो । 

यो जितसँगै एपिएफले अपराजित रहँदै समूह‘ए’को विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । ९३ रनको लक्ष्य एपिएफले १६ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । उसका लागि इन्दु बर्माले ४३ बलमा ५ चौकासहित सर्वाधिक ४५ रनको योगदान दिइन् । 

ज्योति पाण्डे र रोमा थापाले समान ११ रन जोडे । सुदूरपश्चिमका लागि मनिषा चौधरी,अनु कडायत,डोली भट्ट र स्नेहा महराले १–१ विकेट हात पार्दा एक विकेट रन आउटका रुपमा प्राप्त भयो । 

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । 

उसका लागि ऋतु कनौजियाले अविजित रहँदै सर्वाधिक ३५ रनको योगदान दिइन् । रुवी पोदारले २३ तथा स्नेहा महराले १८ रन जोडे । एपिएफका लागि नेरी थापा,इन्दु बर्मा र सुस्मा श्रेष्ठले १–१ विकेट हात पारे ।

यो नतिजासँगै शीर्ष स्थानको एपिएफले ४ खेलमा ८ अंक जोड्दा पहिले नै बाहिरिइ सकेको सुदूरपश्चिम समान खेलमा ३ अंकका साथ तेस्रो स्थानमा रह्यो । 





  • प्रकाशित मिति : असोज ३०, २०७९ आइतबार १३:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया