चिनियाँ दूतावासनजिक प्रदर्शनमा उत्रिएका हङकङका प्रजातन्त्रवादी कार्यकर्तामाथि कुटपिट

हङकङका प्रजातन्त्र समर्थक प्रदर्शनकारीलाई म्यानचेस्टरमा रहेको चिनियाँ वाणिज्य दूतावासनजिक कुटपिट गरेपछि बेलायती  कार्यकर्ता र सांसदहरूले छानबिनको माग गरिरहेका छन् । 

हङकङ आदिवासी रक्षा बल नामक प्रजातन्त्र समर्थक समूहले आइतबार बेइजिङमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाअधिवेशनको  विरोधमा उत्तरी सहरमा रहेको वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन गरेको थियो । 

सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिएको घटनाको भिडियोमा वाणिज्य दूतावास बाहिर फुटपाथमा टकराव भड्किएको देख्न तथा ठूलो स्वरमा चिच्याएको सुनिन्छ । 

भिडियोमा हङकङका एक प्रदर्शनकारीलाई वाणिज्य दूतावासको गेटबाट तानेर पुरुषहरूको समूहले कुटेको समेत देख्न सकिन्छ । 
 





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार १७:४३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया