जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर घुस रकमसहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई घुस रकमसहित पक्राउ गरेको छ । पाँच​ हजार रुपैयाँ घुस लिएको आरोपमा सञ्जयप्रसाद यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

विशेष उजुरी एवं सूचनाका आधारमा अपरेटर यादव सेवाग्रहीसँग पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट आज रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रभा सापकोटाका अनुसार रोक्का रहेको जग्गा फुकुवा गरिदिने भनी सेवाग्राहीसँग अवैधरूपमा रकम माग गरिरहको सूचना आएपछि अख्तियारको टोलीले सो रकमसहित रंगेहात पक्राउ गरेको हो । 

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार २०:९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया