नवौं राष्ट्रिय खेलकुदः म्याराथनमा अनिश र बिन्द्रालाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको म्याराथनमा पुरुषतर्फ गण्डकीका अनिश थापा मगर र महिलातर्फ एपिएफकी बिन्द्रा श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा मंगलबार अनिशले निर्धारित दुरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । उनी भारतीय सेनामा कार्यरत छन् ।

आर्मीका कृष्ण बस्नेतले २ घण्टा २३ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै रजत तथा एपिएफका सन्तोष विक्रम बिष्टले २ घण्टा ३० मिनेट ५४ सेकेन्डसहित कास्य हात पारे । 


विन्द्राले निर्धारित दुरी २ घण्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन् । आर्मीकी विश्वरुपा बुढाले ले ३ घण्टा ००.३५ सेकेन्डको समय निकाल्दै रजत तथा पुलिसकी रेखा बिष्टले ३ घण्टा ०१.३५ सेकेन्डमा दौड पूरा गर्दै कास्य जिते । 





  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार ११:६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया