नवौं राष्ट्रिय खेलकुदः पुलिस र एपिएफले जित सफ्ट टेनिसमा स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सफ्ट टेनिसको पुरुष युगलमा पुलिस क्लबका कमल भण्डारी र नउबहादुर लुंगेलीको जोडीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा मंगलबार भएको फाइनलमा कमल र नउबहादुरको जोडीले प्रदेश १ का युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५–३ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन् ।

यो स्पर्धामा बागमती प्रदेशका प्रदीप खत्री र वृजेश पाण्डे तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्म लामिछानेको जोडीले कांस्य पदक जितेका छन् ।

महिला युगलमा नेपाल एपिएफ क्लबका भगवती बिक र समृद्धि महर्जनको जोडीले लुम्बिनी प्रदेशका ऋतिका चौधरी र विमला पन्थीको जोडीलाई ५–० ले हराएर स्वर्ण जितेको हो ।

यस स्पर्धामा प्रदेश १ का श्रेया योन्जन र श्रेया राई तथा नेपाल पुलिसका विष्णा भण्डारी र सिशम चन्दको जोडीले कांस्य पदक जिते ।





  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार १२:२५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया