नवौं राष्ट्रिय खेलकुदः बागमतीलाई कास्य

नवौं राष्ट्रिय खेलकद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कास्य पदक जितेको छ । उसले मंगलबार लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमतीले कास्य पदक जितेको हो ।

 ८८ रनको लक्ष्य बागमती प्रदेशले १६.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि सुमन खतिवडाले अविजित ४१ रनको योगदान दिइन् ।  अस्मिता खरेलले २०, अनिशा मजाकोटी अविजित १० रन बनाउँदा कंचन श्रेष्ठले पनि समान १० रन बनाए । लुम्बिनीका लागि कृतिका मरासिनीले २ तथा सुस्मिता भुसालले १ विकेट लिए

त्यसअघि  पोखरा रंगशालस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको  लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो  । उसका लागि कप्तान सरस्वती जिएमले ३० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बागमतीका लागि विपिशा शाहीले ४, खुसी डंगोलले ३ तथा सोनी पाख्रिनले २ विकेट लिए । आज नै स्वर्णका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब भिड्दै छन् ।





  • प्रकाशित मिति : कात्तिक १, २०७९ मंगलबार १३:५४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया