नवौं राष्ट्रिय खेलकुदः चन्द्रकलालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ज्याभलिन थ्रोमा विभागीय टोली नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छन् ।

उनले पोखरा रंगशालामा बुधबार भएको खेलमा ४७.६० मिटर थ्रो गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । चन्द्रकलाले आर्मी क्लबकी लक्ष्मी थारुले १३ औं सागमा बनाएको ४५.२७ मिटरको कीर्तिमान भंग गरिन् ।

यसस्पर्धामा लक्ष्मीले ४५.४९ मिटर थ्रो गर्दै रजत तथा एपिएफकी सिमा चौधरीले ४५.२० मिटर थ्रो गर्दै कास्य पदक हात पारे । 





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १३:४७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया