विश्व क्यान्सर दिवस
क्यान्सरको लक्षण र सावधानीका उपाय

‘मनले हारे हार, मनले जिते जित...’ मूल नारासहित सोमबार विश्व क्यान्सर दिवस मनाइँदै छ । यसले ‘आई एम एन्ड आई विल’ भन्ने सन्देश दिन्छ । ‘विश्व स्वास्थ्य संगठनका अनुसार २०२५ सम्म यो रोगबाट मर्नेहरूको संख्या ६० लाख पुग्न सक्ने अनुमान गरिएको छ । सबैलाई यो रोगप्रति सचेत गराउन सकियोस् र यो रोगसँग लड्ने सक्ने क्षमताको वृद्धि होस् भन्ने उद्देश्यले विश्वभर यो दिवस मनाइन्छ ।

यस्ता छन् लक्षण 
 
घाउ छिटो निको नहुनु ।
शरीरको कुनै अंगबाट रक्तस्राव हुनु ।
एक्कासि तौल घट्न थाल्नु, तर भोक नलाग्नु ।
खानामा रुचि घट्नु ।
लगातार खोकी लाग्नु र आवाजमा भारीपन महसुस हुनु । 

यी ७ लक्षण देखिएमा तुरुन्तै जाँच गराउनुपर्छ ।

के गर्ने ?

स्वस्थ जीवनशैली अपनाउनुपर्छ ।
आफ्नो तौल सन्तुलनमा राख्नुपर्छ ।
नियमित स्वाथ्य जाँच गराउनुपर्छ ।
सागपात र फलफूल बढी खानुपर्छ ।

के नगर्ने ?



धूम्रपान तथा मद्यपानको सेवन नगर्ने ।
चिल्लो, मसलायुक्त खानेकुराको सेवन नगर्ने ।
धेरै नुन र चिनीको सेवन नगर्ने ।

महिलाहरूले गर्भनिरोधक चक्की लामो समयसम्म नगर्ने । लामो समयसम्म प्रयोग गर्दा स्तन क्यान्सर वा फोक्सोको क्यान्सर वा हृदयाघातको खतरा बढ्न सक्छ ।



विश्वमा क्यान्सर

१.८१ करोड क्यान्सरका नयाँ प्रकार देखिएको छ ।
९६ लाखभन्दा बढी मानिसको क्यान्सरका कारण मृत्यु भएको छ ।

  • प्रकाशित मिति : माघ २१, २०७५ साेमबार १४:५५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया