\
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको २०० मिटर दौडमा विभागीय टाेली नेपाफ एपिएफ क्लबका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा बिहीबार पुरुषतर्फ शिवले निर्धारित दुरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
एपिएफकै आशिष चौधरीले २२.०५ सेकेन्डको समय निकाल्दै रजत तथा आर्मीका युवराज बिकले २२.५० सेकेन्डको समयका साथ कास्य जिते ।
त्यस्तै,महिलातर्फ निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।
एपिएफकी रमिताकुमारी थारुले २५.९५ सेकेन्डको समय निकाल्दै रजत तथा पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डको समय निकाल्दै कास्य पदक जिते ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।