नवौं राष्ट्रिय खेलकदुः पुलिस र आर्मीले जिते डुवाथलनमा स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत डुआथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस तथा महिलातर्फ त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन्  । ५ किमी दौड,२० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्बुले १ घण्टा २२ सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन् ।

आर्मीका मनबहादुर थापा मगरले निर्धारित दुरी १ घण्टा १ मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दुरी १ घण्टा ७ मिनेट ३४ सेकेन्डमा पार गर्दै कास्य पदक जिते । 

त्यसैगरी निर्धारित दुरी १ घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी इन्द्रकला नेम्वाङले स्वर्ण पदक हात पारिन् ।

एपिएफी अनिता राइले निर्धारित दुरी १ घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजत तथा आर्मीकी हेमा चौधरीले निर्धारित दुरी १ घण्टा २८ मिनेट ४३ सेकेन्डको समय निकाल्दै कास्य पदक जित्न सफल भए । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १३:४८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया