राष्ट्रपति भण्डारीसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेका छन् ।

बिहीबारको भेटमा राजदूत शाहले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक तथा न्यानो सम्बन्धको स्मरण गरे ।

उनले आफूलाई सहयोग पुर्‍याएकोमा राष्ट्रपति भण्डारी र नेपाल सरकारलाई धन्यवाद दिए । आफू नेपालको राजदूत हुँदा दुई देशबीचको सम्बन्ध थप सदृढ बनाउन भूमिका खेलेको उनलको दाबी थियो । 

राजदूत सैयद हैदर शाहलाई राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको र दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने प्रयास गरेकोमा धन्यवाद ज्ञापन गरिन् । 

राष्ट्रपति भण्डारीले राजदूत शाहको उज्वल भविष्यको कामना समेत गरेकी छन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार २१:२९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया