इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टेफन जेरार्डलाई बर्खास्त गरेको छ । लिगअन्तर्गत गएराति फुलहमसँग ३–० ले पराजित भएपछि एस्टनले जेरार्डलाई बर्खास्त गरेको हो ।
उनी ११ महिनामै बर्खास्तमा परेका हुन् । जेरार्ड २०२१ को नोभेम्बरमा एस्टन भिल्लाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
उनको नेतृत्वमा एस्टनले ४० खेलमा मात्र १३ जित निकाल्न सक्यो । क्लब हाल प्रिमियर लिगको १७ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।