भृकुटीमण्डपको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । भृकुटीमण्डपस्थित फनपार्क रहेको जग्गा भाडामा लगाउँदा अनियमितता गरेको भन्दै अख्तियारले उनीहरुमाथि भ्रष्टाचार मुद्दा चलाएको हो । 

समाज कल्याण परिषद्ले प्रचलित मापदण्ड र प्रक्रियाविपरीत ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ २० पैसा हानि भएको अख्तियारको दाबी छ ।

तत्कालीन महिला, बालवालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपाने, समाज कल्याण परिषद्का उपाध्यक्ष प्रमोद मेहता लगायतको संलग्नतामा २० भदौ २०६९ मा फनपार्क मेला सञ्चालन गर्न जग्गा भाडामा दिने निर्णय भएको थियो । निर्णयमा रवीन्द्र गुरुङलाई मासिक ५ लाख ५५ हजार भाडामा १५ वर्षको लागि फनपार्क मेला सञ्चालन गर्न जग्गा दिने उल्लेख छ ।

अख्तियारको अनुसन्धानमा इच्छुमती तरकारी बजारलाई प्रतिरोपनी ७८ हजार ५ सय ७१ रुपैयाँ ४२ पैसामा भाडामा दिँदा फनपार्कका लागि भने प्रतिरोपनी ९ हजार २५० रपैयाँमा दिएको पाइएको थियो । वदनियतपूर्वक गरिएकाे यस निर्णयले समाज कल्याण परिषद्लाई ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा नोक्सान भएको अख्यिारको ठहर छ ।





  • प्रकाशित मिति : माघ २१, २०७५ साेमबार १९:३२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया