श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
सांकेतिक तस्बिर

श्रीमती हत्या गरेको आरोपमा गुल्मीको मुसिकोट नगरपालिका–७ बसेरी बस्ने ४२ वर्षीय सूर्य कुमाल पक्राउ परेका छन् । ४० वर्षीया तालकुमारी कुमालको हत्या गरेको अभियोगमा कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सूर्यकुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । घटनापश्चात जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सूर्यकुमारलाई पक्राउ गरेको हो । 

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७९ शुक्रबार १४:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया