‘निरमाया’ को फष्टलुक, छुवाछुतको मुद्दा उठान

मदानी मुभिजले पदम विश्वकर्मा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा निर्माण गरेको फिल्म ‘निरमाया’ को फष्टलुक र टिजर सार्वजनिक भएको छ । ‘परिवर्तन आफैंबाट सुरु गरौं, समाज स्वत बदलिनेछ’ भन्ने भाव बोकेको फिल्मले छुवाछुतको मुद्दालाई उठान गरेको छ ।

अनन्तप्रसाद तिमल्सिनाको प्रस्तुति रहेको फिल्मको निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् ।

फिल्ममा चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको सहकार्य छ । फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा रामकुमार केसीको कथा र अजित लामिछानेको लेखन, रवी कोइराला र जीवन पराजुलीको छायांकन, उत्तर राना मगर र तारा थापा ‘किम्भे’को सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द्व, कमल अधिकारी, रिमेश कुमारको सङ्गीत तथा विनयराज पौडेलको मुख्य सहायक निर्देशन छ ।

फिल्मको छायांकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको छ । एक मिनेट ४५ सेकेन्डको टिजरले वर्षौंदेखि जरो गाडेको जातीय छुवाछूतको मुद्दालाई उजागर गर्न खोजेको छ । टिजर मदानी मुभिज एण्ड इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७९ शुक्रबार १६:२८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया