मेक्सिकोमा ट्रक दुर्घटनापछि भीषण आगलागी

मध्य मेक्सिकोको अग्युअस्केललाइन्टेसमा एउटा इन्धन ट्रक दुर्घटनापछि आगलागी भएको छ । आगलागीबाट एक रेल लाइन र केही घरमा क्षति पुगेको छ ।

आगलागीको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा सहरको ठूलो क्षेत्रलाई कालो धुवाँले ढाकेको दृश्य देख्न सकिन्छ ।  एउटा भिडियोमा एउटा मालवाहक रेल आगोको चपेटामा परेको देखाइएको छ ।  

मेक्सिकोको एल युनिभर्सल वेबसाइटले १५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ । आगलागीबाट केही घर र गाडी जलेर नष्ट भएका छन् । 

मृत्युको रिपोर्ट आइसकेको छैन । तर, धेरै मानिसलाई अस्पताल लगिएको प्राप्त विवरणमा जनाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।  
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार १४:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया