सिरी ‘ए’ मा एसी मिलानको फराकिलो जित

इटालियन सिरी `ए´ अन्तर्गत गएरातिकाे खेलमा एसी मिलान विजयी भएकाे छ । ऊ घरेलु मैदान सान सिराेमा माेन्जाविरुद्ध ४–१ ले विजयी भएकाे हाे । 

मिलानलाई जित दिलाउन ब्रहिम डियाजले दुई तथा डिभाेक ओरिगी र राफेल लियाेले एक/एक गाेल गरे । माेन्जाका लागि फिलिपाे रानाेचियाले एक गाेल फर्काए ।

खेलकाे १६ र ४१ औं मिनेटमा डियाजले गाेल गरेपछि मिलानले पहिलाे हाफमा २–० काे अग्रता लिएकाे थियाे । ६५ औं मिनेटमा ओरिगीले घरेलु टाेलीलाई ३–० ले अघि बढाए ।

७० औं मिनेटमा रानाेचियाले गाेल गरेपछि खेल ३–१ काे अवस्थामा आयो । ८४ औं मिनेटमा लियाेले गाेल गर्दै मिलानलाई ४–१ काे सहज जित दिलाए ।

याे जितसँगै ११ खेलमा २६ अंक जाेडेकाे मिलान दोस्रो स्थानमा रहँदा पराजित माेन्जा समान खेलबाट १० अंकका साथ १४ औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा इन्टर मिलान र सालेर्निटानाले पनि जित हात पारेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार ७:४४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया