अस्ट्रेलियामा आठौं संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भारतले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टोलीबीचको खेल १ः४५ देखि मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुँदैछ ।
प्रतियोगितामा दुवै टोली विजयी सुरुवात गर्न चाहन्छन् । भारत–पाकिस्तानले पछिल्लोपटक यही वर्षको ४ सेप्टेम्बरमा खेलेका थिए । सो खेलमा पाकिस्तानसँग भारत ५ विकेटले पराजित भएको थियो ।
यही वर्ष मात्र भारत र पाकिस्तानले एकअर्काविरुद्ध तीन म्याच खेल्दै छन् ।
पाकिस्तानको प्लेइङ–११ : बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकपिर), शन मसूद, हैदर अली, मोहम्मद नवाज, शादाब खान, इफ्तिखार अहमद, आसिफ अली, शाहीन अफ्रिदी, हरिस रौफ र नसीम शाह ।
भारतको प्लेइङ–११ : रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, दिनेश कार्तिक (विकेटकपिर), अक्षर पटेल, रविचन्द्रन अश्विन, भुवनेश्वर कुमार, मोहम्मद शामी र अर्शदीप सिंह ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।