उदयपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

उदयपुरमा मोटरसाइकल भीरबाट खस्दा दुईजनाको मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका–११, हर्देनीस्थित सिद्धिचरण सडकखण्डमा मंगलबार साँझ मोटरसाइकल भीरबाट ५ सय मिटर तल खस्दा दुईजनाको मृत्यु भएकाे हो ।  

हर्देनीतर्फ जाँदै गरेको लु ८८ प १८५६ नम्बरको मोटरसाइकल भीरबाट मोटरसाइकल खस्दा चालक २४ वर्षीय यम्बरबहादुर श्रेष्ठ र २१ वर्षीया इन्दिरा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठको शव सडकबाट ५ सय मिटर तल भेटिएको थियो । मोटरसाइकलको पछाडि बसेकी कार्की रुखमा अल्झिई गम्भीर घाइते भएको अवस्थामा भेटिएकी थिइन् । 

कार्कीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७९ बुधबार १२:३२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया