एमाले अध्यक्ष ओलीले लगाए भाइटीका

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिदीबहिनीको हातबाट भाइटीका लगाएका छन् । 

आज आफ्नै निवास बालकोटमा शुभ साइतमै ओलीले दिदीबहिनी विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाएका हुन् ।  

टीका ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भाइटीकाले दिदीबहिनीहरूसँग मिल्ने अवसर जुटाएको बताए । उनले हरेक चाडपर्वको महत्व फरक–फरक हुने भन्दै चाडपर्वको संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताए ।    





  • प्रकाशित मिति : कात्तिक १०, २०७९ बिहीबार १४:५७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया